अमेरिकी जवाफ-‘एमसीसी नेपालको संविधानमाथि छैन, सैन्य रणनीतिको अंग होइन’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ३६


काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा संविधान भन्दा माथि नहुने बताएको छ।

नेपाल सरकारले सोधेका प्रश्नको जवाफमा अमेरिकाले सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पषट पारेको हो।

अर्थ मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन् ।’

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउनु अघि एमसीसीले सो सम्झोतामा रहेका विवादित बुँदाबारे प्रष्ट पारेको हो।

अमेरिकाले एमसीसी इन्डो-प्यासिफिक रणनीतिको हिस्सा नरहेको समेत बताएको छ।

‘एमसीसी नेपालको संविधानभन्दा माथि छैन। एमसीसी नेपाल कम्प्याक्ट हिन्द प्रशान्त रणनीति मातहतको सम्झौता होइन। न त यो अमेरिकाको कुनै सैन्य रणनीतिको हिस्सा हो’ जवाफमा भनिएको छ। एमसीसी सम्झौताको बौद्धिक सम्पत्ति नेपाल सरकारको मातहतमा रहने भनिएको छ।

बौद्धिक सम्पत्तिमा एमसीसीको कुनैपनि स्वामित्वको हक नहुने पनि जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्