एमसीसीको जवाफ संसदबाट अनुमोदन गराउने षड्यन्त्र मात्रः भीम रावल

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : १६


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे सरकारले राखेका प्रश्न र अमेरिकाले दिएका जवाफ आफूले अध्ययन गरेको प्रतिक्रिया दिएका छन।

नेपाल सरकारले विभिन्न जिज्ञासा राख्दै अमेरिकालाई पत्राचार गरेको थियो। सो को जवाफ एमसीसीले बुधबार नेपाललाई पठाएको छ।

दुवै पक्षका सवाल जवाफ पढेको बताउँदै नेता रावलले सरकारको प्रश्न र एमसीसीले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको दाबी गरेका छन्।

वासिङ्टनस्थित एमसिसीको मुख्यालयले जवाफी पत्र पठाएकोे केही घण्टामा मै रावलले संसदबाट अनुमोदन गराउने षड्यन्त्र भनि टिप्पणी गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’


प्रतिक्रिया दिनुहोस्