अमेरिकाको प्रष्ट जवाफ-‘एमसीसी सम्झौतामा संशोधन गर्न सकिदैन’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ५९


काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झोतामा संशोधन हुन नसक्ने स्पष्ट पारेको छ।

नेपाल सरकारले सोधेको विभिन्न ११ बुँदे प्रश्नको जवाफ लेख्दै एमसीसीले पत्रमा भनिएको छ ‘The signed MCC Nepal Compact cannot be ammended at this time’अर्थात ‘अहिले सो सम्झौतामा कुने फेरबदल हुन सक्दैन।’

नेपाली नेताहरुले सम्झौता संशोधन नभई पारित गर्नु नहुने बताइरहेका बेला अमेरिकाले कुनै संशोधन नुहने बताएको हो।

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउनु एकदिन अघि अमेरिकाले सो सम्झौताबार का सवालमा जवाफ पठाएको छ।

अमेरिकाले सो सम्झौंताभन्दा नेपालको संविधान नै माथि रहेको पनि प्रष्ट पारको छ।

पत्रमा भनिएको छ, ‘सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन्।’

अमेरिकाले एमसीसी परियोजना कुनै पनि सैन्य प्रयोजनमा प्रयोग नहुने समेत स्पष्ट पारेको छ।

उसले भनेको छ, ‘यस कम्प्याक्ट कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन।’

परियोजनाहरुमा प्रयोग हुने जमिनमा नेपालकै स्वामित्व रहने पनि अमेरिकाले स्पष्ट पारेको छ।

नेपालले सोधेको प्रश्नको जवाफमा अमेरिकाले पठाएको जवाफ यहाँ क्लिक गरेर हेर्न सकिने छ।

 


प्रतिक्रिया दिनुहोस्