अमेरिकाले एमसीसीबारे नेपाललाई पठायो जवाफ (पूर्णपाठ)

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : २६


अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालले पठाएको पत्रको जवाफ दिएको छ।

नेपाल सरकारले भदौ १८ गते वाशिङ्टनस्थित एमसीसीको मुख्यालयलाई एमसीसी सम्झौताका विषयमा विभिन्‍न ११ वटा प्रश्‍नहरूसहित प्रष्टिकरण माग गरेको थियो।

ती प्रश्नहरूको जवाफमा अमेरिकाले सम्झौता इन्डो-प्यासिफिक स्ट्राटेजी (आईपीएस)को अंग नभएको र नेपालको संविधानभन्दा माथि नरहे प्रष्ट पारेको छ।

अर्थमन्त्री जनार्दन शर्मालाई फर्काएको जवाफमा परियोजनाको बौद्धिक सम्तपत्तिको अधिकार नेपाल सरकारलाई हुने प्रष्ट पारिएको छ।

नेपाल सरकारले पूर्णरुपमा लेखापरीक्षण गर्न पाउने, नेपालको महालेखापरीक्षकोको कार्यालयले सबै कागजातहरुको लेखापरीक्षण गर्न पाउने जवाफमा उल्लेख छ।

एमसीसी सम्झौता नेपाल सरकार तथा अमेरिकी सरकारले ३० दिने सूचना जारी गर्दै सम्झौता रद्द गर्नसक्नेसमेत जनाएको छ।

अमेरिकाले पठाएको जवाफको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्