‘तालिबानको सहयोगमा अल–कायदाले अमेरिकामा फेरि आक्रमण गर्नसक्छ’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : ०२


अमेरिकी अनुसन्धान एजेन्सी सीआईएका पूर्व निर्देशक माइकल मोरेलले अफगानिस्तानबारे मंगलबार आफ्नो धारणा राखेका छन्। अफगानिस्तानमा तालिबानले नियन्त्रण कायम गरेर नयाँ सरकार गठन गरिसकेको छ।

यसबीचमा माइकलले तालिबानले अल–कायदालाई पुनः अफगानिस्तानमा आश्रय दिनेमा आफू विश्वस्त भएको बताएका हुन्। यसअघि सन् २००१ मा अमेरिकी आतंकवादीको सूचीमा रहेको अल–कायदाले अमेरिकाको रक्षा मन्त्रालय पेन्टागन तथा वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गर्दा पनि तालिबानले अल–कायदाका प्रमुख ओसामा बिन लादेनलाई आश्रय दिएको थियो।

त्यसबेला लादेन सुम्पन नमानेपछि अमेरिकाले लादेन खोज्न तालिबानमाथि आक्रमण थाल्दा तालिबानको सरकार अपगानिस्तानबाट अपदस्थ भएको थियो। पूर्व सीआईए निर्देशक माइकल भन्छन्,‘मलाई कुनै सन्देश छैन। तालिबानले अल–कायदालाई आश्रय दिनेछ र उ मजबुत भएपछि उसले फेरि अमेरिकामा आक्रमण गर्नसक्छ।’

9/11: 17 Years Since WTC Attacks, Workers Still Search For Over 1,100 Victims | India.com           अलकायदाले विमानहरु हाइज्याक गरेर भवनहरुमा ठोक्काएको थियो।

यअसघि अमेरिकी सेना अफगानिस्तानबाट फर्किन थालेपछि अल–कायदाले तालिबानसँग अमेरिका हारेको बताएको थियो। उसले तालिबानलाई बधाई दिँदै इस्लामिक इमाइरेट्सको जित भएको जनाएको थियो।

अल–कायदा सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकामा आक्रमण गर्दा त्यसबेला ३ हजार जनाको ज्यान गएको थियो। तालिबानले अमेरिकासँग गरेको सहमतिअनुसार उसले अफगानिस्तानलाई आतंकवादीको लागि उद्गमस्थल बनाउन पाउने छैन।

तर यतिबेला अल–कायदाजस्तो आतंकवादी संगठनले तालिबानलाई बधाई दिइरहेको अवस्था छ। द हिन्दु

Biden Weighs Mike Morell as His CIA Chief, but a Key Dem Senator Says Don't Bother.माइकल मोरेल


प्रतिक्रिया दिनुहोस्