१,६४० कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : २६


काठमाडौं । कोभिड १९ संक्रमण आज एक हजार ६४० जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनामा परीक्षण गर्दा एक हजार ६४० जनामा संक्रमण देखिएको हो।

पछिल्लो तथ्यांकले नेपालमा संक्रमण दर घटेको देखाएको छ। नेपालमा संक्रमणको दर १९.४ प्रतिशत पुगेको छ। यसअघि १९.५ प्रतिशत रहेको थियो।

सक्रिय संक्रमित २९ हजार ४७९ जना रहेका छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन्।

यस्तै संक्रमणबाट निको भई आज दुई हजार १६१ जना घर फर्किएका छन। अहिलेसम्म सात लाख ३३ हजार १६१ जना निको भई घर फर्किएका हुन्। नेपालमा निको हुने दर ९४ दशमलव ८ प्रतिशत रहेको छ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १० जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ८८९ जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रतिदश लाखमा ३६७ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

यस्तै ४८८ जना सघन उपचार कक्ष (आईसीयू), १४० जना भेन्टिलेटर, २७ हजार ६९० जना होम आइसोलेसन, एक हजार ७८९ जना संस्थागत आइसोलेसन र २५६ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस्