संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूको नाराबाजी

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : १४


काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ।

एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन।

यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।


प्रतिक्रिया दिनुहोस्