किरण चेम्जोङ प्रिमियरको एम्बासडर नियुक्त

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : १३


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हातिबनको प्रिमियर इन्टरनेशनल आईबी वल्र्ड स्कुलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ।

राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो।

प्रिमियर स्कुलका प्रबन्ध निर्देशक वसन्त थापा र किरण बची सम्झौता पत्रमा हस्ताक्षर भयो।

सम्झौतासँगै किरण स्कुलको स्पोट्र्स कार्यक्रममा सामेल हुने छन् भने फुर्सदिलो समयमा स्कुलमा आबद्ध भएका विद्यार्थीलाई फुटबलको प्रशिक्षण दिनेछन्।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, स्कुलका पदाधिकारीले किरणसँग जोडिनु संस्थामा आबद्ध भएका विद्यार्थीका लागि फाइदा भएको बताए। सम्झौतापछि बोल्दै कप्तान किरणले प्रिमियरले शिक्षासँगै राम्रो फुटबल खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्