अधिकार दुरुपयोग मुद्दामा किमलाई जापानी अदालतमा उपस्थित हुन आदेश

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ०३


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई अधिकार दुरुपयोगको मुद्दामा जापानी अदालतमा उपस्थित हुन आदेश जारी भएको छ।

अदालतले जापानका अल्पसंख्यक कोरियालीहरुमाथि उत्तर कोरियाले मानवअधिकार उल्लंघनका घटनाहरु दोहोर्याएको आरोप लगाएको छ। किमलाई सो विषयमा स्पष्टीकरण दिन अक्टोबर १४ मा अदालनमा उपस्थित हुन आदेश दिइएको हो।

माधव अधिकार उल्लंघन गरेकोमा अदालतले किम जोङ उनसँग ९ लाख अमेरिकी डलर क्षतिपूर्ति पनि माग गरेको छ। तर किम जापानी अदालतमा उपस्थित हुने सम्भावना शून्य छ।

वास्तवमा पुनर्वास कार्यक्रम अन्तर्गत जापानबाट ९३ हजार मानिसहरु उत्तर कोरिया उज्वल भविष्यका लागि गएका थिए। तर त्यहाँ उनीहरुमाथि भेदभाव भयो। वाचा गरिएअनुसार उनीहरुले जीवनयापन गर्न पाएनन्।

सोही विषयमा जापानको अदालतले उत्तर कोरियाको प्रमुख भएको हिसाबले किमलाई अदालतमा उपस्थित हुन भनेको हो। एससीएमपी


प्रतिक्रिया दिनुहोस्