दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र? : वर्षमान पुन

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ३४


काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन्।

एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन्।

नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए।


प्रतिक्रिया दिनुहोस्