एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : २२


काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए। तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई बोल्न दिए।

प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति औँला ठड्याए।

एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका छन्।

एमाले सांसदले नारावाजी गर्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्