पाकिस्तानको पहलमा चीनसहित अफगानिस्तानका छिमेकी राष्ट्रहरुबीच बैठक हुँदै

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ५९


अफगानिस्तानको छिमेकी राष्ट्रहरुबीच बुधबार बैठक हुँदैछ जसको अध्यक्षता पाकिस्तानले गरेको छ। यो बैठकको नेतृत्व पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले गरेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार अनलाई बैठकमा चीन, इरान, ताजिकिस्तान, तुर्केमिनिस्तान तथा उज्बेकिस्तानका विदेशमन्त्री सहभागी हुनेछन्।

अफगानिस्तानको स्थितीको विषयमा चर्चा गर्नको लागि पाकिस्तानको आह्वानमा बैठक हुन लागेको हो।

पाकिस्तानको विदेशमन्त्रालयले भनेको छ,‘बैठकमा साझा चुनौतीहरुको पहिचान र अफगानिस्तानको उदीयमान परिस्थितिमा क्षेत्रीय स्थिरता र समृद्धि सुनिश्चित गर्न नयाँ अवसरहरुको बारेमा छलफल हुनेछ।’ बीबीसी


प्रतिक्रिया दिनुहोस्