आईफोन १३ चार मोडलमा अर्कोहप्ता सार्वजनिक हुँदै

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : १०


विश्वको चर्चित बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अर्कोहप्ताको मंगलबार अर्थात सेप्टेम्बर १४ का दिन बहुप्रतिक्षित स्मार्टफोन आइफोन १३ सार्वजनिक गर्ने भएको छ।

प्रविधि सम्बन्धी वेबसाइट सीनेटकाअनुसार आइफोन १३ सँगै सातौँ शृंखलाको एप्पल वाच पनि सोही दिन भर्चुअल रुपमा क्रम्पनीले सार्वजनिक गर्नेछ।

एप्पलको सबैभन्दा चर्चित उत्पादनमा आईफोन पर्दछ। सीनेटका अनुसार आइफोन १३ चारवटा मोडलमा सार्वजनिक हुनेछन्। आईफोन १३, आइफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स मोडलमा नयाँ आइफोन सार्वजनिक हुनेछन्।

आईफोन १३ मा धेरै नयाँ फिचर, अपग्रेडेड क्यामेरा, नयाँ रंगको विकल्प, नचलेस डिस्प्लेयुक्त अपडेटेट डिजाइनलगायतका विशेषता हुन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्