तालिबान भन्छः पीएचडी-मास्टर डिग्रीको काम छैन, हाम्रा प्रधानमन्त्री नपढी महान

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : १८


अफगानिस्तानमा मंगलबार नयाँ सरकार गठन भएको छ। जसमध्ये गृहमन्त्रीको जिम्मेवारी पाएका सेराजुद्दिन हक्कानी अमेरिकी आतंकवादी सूचीमा परेका व्यक्ति हुन्।

अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको छ। यसरी सुरुवातमै विवादित व्यक्तिलाई मन्त्री बनाएको तालिबानले शिक्षामन्त्रीमा पनि बौद्धिक व्यक्ति भने नियुक्त गरेको छैन। जसको अभिव्यक्ति यतिबेला झनै विवादस्पद बनेको छ।

शिक्षामन्त्रीमा नियुक्त भएका तालिबानका सदस्य शेख मोलवी नुरुल्ला मुनिरले निकै तुच्छ र लज्जास्पद अभिव्यक्ति दिएका हुन्। तालिबानले हिजो मात्र मुल्लाह मोहम्मद हसन अखुन्दलाई अफगानिस्तानको नयाँ प्रधानमन्त्री नियुक्त गरेको थियो।

सोही विषयमा उनले भनेका छन्,‘पीएचडी र मास्टर डिग्रीको मूल्य छैन। त्यो काम छैन। किनभने मुल्लाह हाम्रा प्रधानमन्त्रीसँग कुनै डिग्री छैन तर पनि उहाँ नै सबैभन्दा महान।’

इन्डिया टुडेका अनुसार मुनिरले प्रधानमन्त्री नियुक्त भएका मुल्लाहले हाईस्कुलको पनि अध्ययन नगरेको बताए।


प्रतिक्रिया दिनुहोस्