एमसीसीको विरोधमा २२ दलीय मोर्चाद्वारा प्रदर्शन

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ५७


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्ने तयारी गरेपछि विभिन्न ठाँउमा प्रदर्शन सुरु भएको छ।

बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लगायतको २२ दलीय मोर्चाले काठमाडौं प्रदर्शन गरेका छन।

नयाँ बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघर मण्डलामा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गरिएको हो। प्रदर्शनमा उत्रिएका केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस्