ओलीको आरोप– सभामुख एमाले सिध्याउन खोज्नेको मतियार बने

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ५०


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्