ईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : १४


काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको तालिका अनुसार इपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्ने भएका छन् ।

आगामी असोज ९ शनिबार देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा संचालन हुने प्रतियोगितामा कूल १९ खेल हुनेछन्। समूह चरणका शीर्ष चार टिम प्लेअफमा पुग्नेछन्। फाइनल असोज २३ गते शनिबार हुने छ।

प्रतियोगितामा साविक विजेता ललितपुरसँगै काठमाडौं, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्