देउवाका छोरालाई क्रियाशिल सदस्यता

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ३१


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरालाई क्रियाशिल सदस्यता प्रदान गरिएको छ । उनले देउवाको जिल्ला डडेल्धुराबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन्।

डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट जयवीरसिंहले क्रियाशील सदस्यता लिएका छन्। सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाइएको छ ।

काँग्रेसले आइतबार सार्वजनिक गरेको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ। सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौँ जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ । विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन ।


प्रतिक्रिया दिनुहोस्