बलिउड स्टार अक्षयकी आमाको निधन, भनेः आमा बुबाकोमा जानु भो

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : १०


बलिउड सुपरस्टार अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ। बुधबार बिहानै भाटियाको निधन भएको अक्षयले पुष्टि गरेका छन्।

भाटिया केही समययता गम्भीर बिरामी थिइन् र उनलाई आईसीयूमा राखिएको थियो। आमाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि नै उनले चलचित्र ‘सिन्डरेला’को सुटिङ स्थगित गरेका थिए।

उनले सामाजिक संजालमा आफ्नी आमा दिवंगत पिताकोमा गएको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले भनेका छन्,‘उहाँ मेरो जीवनको केन्द्र हुनुहुन्थ्यो। आज मलाई मेरो अस्तित्वको हरेक हिस्सामा पीडा महसुस भइरहेको छ। मेरी आमा श्रीमती अरुणा भाटियाले आज शान्तिपूर्ण रुपमा संसार छाड्नु भयो र अर्कै दुनियाँ पिताकोमा जानु भयो।’


प्रतिक्रिया दिनुहोस्