वामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ५९


काठमाडौं । पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा ९एमाले० संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन् । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो । बैठक जारी छ ।


प्रतिक्रिया दिनुहोस्