अभिनेत्री ऋचा शर्मा बनिन् आमा, जन्माईन् छोरा

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ५३


नेपालका चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। कमेडी च्याम्पियन कार्यक्रमकी निर्णायक समेत रहेकी उनले छोरालाई जन्म दिएकी हुन्।

गर्भावस्थाको अन्तिम चरणमै भएका कारण गत शुक्रबाको कमेडी च्याम्पियनमा उनी उपस्थित भएकी थिइनन्।

कमेडी च्याम्पियन परिवारले शर्मालाई शुभकामना दिँदै भनेको छ,‘हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसंगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई। आमा–छोरा दुबैको सुस्वास्थ्यको कामना।’


प्रतिक्रिया दिनुहोस्