खोप लगाउनुपर्छ भन्दा क्यानडाका प्रधानमन्त्री ट्रुडोमाथि ढुंगा प्रहार!

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ४३


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि सोमबार ढुंगा प्रहार भएको छ। चुनावी अभियानका क्रममा हिँडेका ट्रुडोमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेको बीबीसीले जनाएको छ।

प्रदर्शनकारीहरुले साना–साना ढुंगा प्रहार गर्दा त्यो उनको शरीर नजिकैबाट गुज्रिएका थिए, जसकारण उनलाई चोट भने लागेन। उनले पत्रकारहरुसँग कुरा गर्दै एउटा ढुंगाले काँधमा लागेको भने जानकारी गराएका छन्।

गत अगष्टमा ट्रुडोले मध्यावधि चुनावको घोषणा गरेको छ। तर चुनावमा भोट गर्न आउने व्यक्तिले कोरोना खोप अनिवार्य लगाउनुपर्ने र कोरोनाविरुद्धको प्रावधान पछ्याउनुपर्ने भएपछि उनको विरोध भइरहेको हो।

उनले मंगलबार प्रदर्शनकारीहरुको व्यवहार अस्वीकार्य भएको बताएका छन्। विपक्षी पार्टीले पनि त्यहाँका नागरिकको कार्यको निन्दा गरेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्