एमालेले दल विभाजनसम्बन्धी अध्यादेश र सभामुखको भूमिकाबारे सदनमा प्रश्न उठाउने

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ३८


काठमाडौं । बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन, नयाँबानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा एमालेको आगामी भूमिका र रणनीतिका बारेमा नीति तय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘बदलिँदो परिस्थितिमा एमालेले संसदमा कसरी प्रस्तुत हुने ? भन्ने बारेमा छलफल हुनेछ,’ प्रमुख सचेतक भट्टराईले भने, ‘आजको बैठकको निर्णायानुसार संसदमा एमाले प्रस्तुत हुनेछ ।’ तर, उनले कसरी एमाले प्रस्तुत हुनेछ भन्ने बारेमा कुनै बिषय खुलाएनन् ।

आठौँ अधिवेशन स्थगित गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले एमाले विभाजन गराएको तथा सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीका लागि सिफारिस गरेका माधवकुमार नेपाललगायतका सांसद नहटाएको प्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

‘राजनीतिक दल सम्बन्धी अध्यादेश र सभामुखको भूमिकालगायतका बारेमा अध्यक्षज्यूबाट केही निर्देशन हुनसक्छ, बैठक जारी नै भएकाले ठोस निर्णय भइसकेको छैन,’ भट्टराईले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा दुई विषयमा शेरबहादुर देउवा नेतृत्वको सरकार र सभामुख सापकोटा दुबैप्रति रोस प्रकट गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्