इन्डोनेसियाको जेलमा बुधबार बिहानै भिषण आगलागी, ४१ कैदीको मृत्यु

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : २६


इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगलागी हुँदा कम्तिमा ४१ कैदीको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन्।

बीबीसीका अनुसार टैंगरेंग जेलमा बुधबार बिहानै आगलागी भएको हो। बिहानीको समयमा अधिकतम कैदी सुतिरहेको बेला आगलागी भएको थियो।

अधिकारीहरुका अनुसार जेलको ब्लक सीमा १२२ कैदी राखिएको थियो जहाँ आगलागी भएको थियो। सो ब्लकको क्षमता भने ४० जनाको मात्र रहेको छ।

यहाँका प्रायः कैदीहरु लागुपदार्थ तस्करीको मामिलामा जेल सजाय भोगिरहेका छन्। हाल जेलमा आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्