कतिले छोडे एमाले, सुर्य थापा भन्छन्– २/४ प्रतिशत

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : ३६


काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले गठन गरेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा सनाखत गराएका जनप्रतिनिधिहरुको संख्या सार्वजनिक भएको छ । नेकपा एमालेबाट अलग भएर नेपालको अध्यक्षतामा गठन भएको पार्टी नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादीबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गराउन निर्वाचन आयोगले स्थानिय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मको म्याद दिएको थियो ।

उक्त समयसिमा सकिएको एकदिनपछि एमाले प्रचार विभागका सदस्य सूर्य थापाले सामाजिक सञ्जालमार्फत ७७ वटै जिल्लाबाट नेकपा (एस)लाई रोजेका जनप्रतिनिधिहरुको सूची सार्वजनकि गरेका हुन । उनले माधव नेपालको पार्टीलाई जनतामा पुग्दा कन्तविजोग भएको आरोप पनि लगाएका छन् । यस्तै थापाले एमालेलाई २–४ प्रतिशत भन्दा बढी क्षति नहुने पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अध्यादेश पार्टीको जनतामा पुग्दा कन्तबिजोग– छाता आकारमा माथिमाथि फुकेको, तलतल सुकेको स्थिति, मतदाताको तहमा पुग्दा २–४ प्रतिशतभन्दा बढी क्षति नहुने निश्चितप्रायः भएको छ।’

माधव नेपालको पक्षमा जाने जनप्रतिनिधिहरुमा दलित, जनजाति र अल्पसंयक समुदायबाट चुनिएका तथा मनोनित सदस्यहरूको संख्या बढी रहेको तथा नवौँ महाधिवेशनदेखि नै चर्को रूपमा प्यानलबन्दीमा माधव नेपालको पक्षमा उभिएर सक्रिय रहेका सदस्यहरु रहेको उनले दावी गरेका छन् ।

थापाका अनुसार पार्टी छाड्ने मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरूको संख्या अत्यन्त न्यून रहेको छ । जसमध्ये मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष तुलनात्मक रुपमा केही बढी छन्। उनले ‘कोर’ राजनीतिक कार्यकर्ता र ग्रास रूटका आधारका रूपमा क्रियाशील जनप्रतिनिधिको अधिक हिस्सा नेकपा एमाले र सूर्य चिन्हको पक्षमा नै दृढ रहेको पाइएको बताएका छन् ।

यस्तो छ एमाले छोड्ने ७७ जिल्लाका स्थानीय जनप्रतिनिधि संख्या

प्रदेश एक

झापा ७, इलाम ५८, पाँचथर ११,ताप्लेजुङ २१, मोरङ८, सुनसरी ६, धनकुटा ८, तेह्रथुम २, भोजपुर ६, उदयपुर २८, ओखलढुंगा १ संखुवासभा १५, खोटाङ ११, सोलुखुम्बु ०

प्रदेश २

सप्तरी २९, सिरहा ७१, सर्लाही ४८, महोत्तरी ७, धनुषा ४८, बारा ३२, पर्सा ५, रौतहट ८४

वाग्मती प्रदेश

मकवानपुर ३९, चितवन २९, काठमाडौं, ५१, ललितपुर, २८ भक्तपुर, १ काभ्रे ५६, सिन्धुपाल्चोक २, दोलखा ६, रामेछाप ५, सिन्धुली १, धादिङ ७५, नुवाकोट ०, रसुवा ०

गण्डकी प्रदेश

गोरखा ३, लमजुङ ० मनाङ०, मुस्ताङ ०, म्याग्दी ३, बाग्लुङ ४, पर्वत २, स्याङ्जा ७, कास्की ४, तनहुँ १३, नवलपुर (सुस्तापूर्व) ०

लुम्बिनी प्रदेश

परासी (सुस्तापश्चिम) १, रूपन्देही ७, कपिलवस्तु १, दाङ २१, बाँके ११, बर्दिया ८, पाल्पा १, गुल्मी ०, अर्घाखाँची ६, प्यूठान ७, रोल्पा ५, रूकुम पूर्व ५

कर्णाली प्रदेश

रूकुम पश्चिम ३, सल्यान ७६, जाजरकोट १०, सुर्खेत १५ दैलेख ६२ कालिकोट ६५, जुम्ला ४४, मुगु २०, डोल्पा ४१, हुम्ला ५

सुदुरपश्चिम प्रदेश

कैलाली ६५, कञ्चनपुर ५१, डोटी ३, अछाम २७, बझाङ २५, बाजुरा ५, डडेलधुरा २, बैतडी २३, दार्चुला २


प्रतिक्रिया दिनुहोस्