संसद बैठकमा एमालले सभामुखलाई अप्ठ्यारो पार्न सक्ने

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : २२


काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै सदन आजबाट सुरु हुन लागेको हो ।

सरकारले नागरिकता विद्येयक, संघीय निजामती विधेयक, राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत अन्य अध्यादेशलाई संसदमा पेश गर्ने सम्भावित कार्यसूचीमा राखेको छ । गत ३२ साउनमा संसद स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको सरकारले एमाले र जनता समाजवादी पार्टी विभाजनको लागि ढोका खुल्ला गरिदिएको थियो ।

गत मंगलबारसम्म स्थानीय, प्रदेश र संघीय संसदलाई दल रोज्न छुट दिइएको प्रति मुख्यतः प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले निस्काशनका लागि कारबाही सिफारिस गरेका सांसद्को सनाखत नगरिदिएको प्रति आपत्ति जनाउँदै आएको छ । जसकाकारण, सहज ढंगले संसद अधिवेशन सूचारु होला भन्ने आशंका कायमै छ ।


प्रतिक्रिया दिनुहोस्