देउवाले एमसीसी पास गर्न खोजे सत्ता गठबन्धन भत्किन सक्छ : उपाध्यक्ष गौतम

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ५५


चितवन । अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष विजय गौतमले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कुनै पनि प्रकारको गल्ती गर्ने छूट नरहेको बताएका छन।

मंगलबार चितवनको माडी नगरपालिकामा अखिल (क्रान्तिकारी)को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले राष्ट्रिय स्वाधीनताको सवालमा गरिने गल्ती त झन सोच्नै नसकिने बताए

एमसीसीमा राष्ट्रघात सम्बन्धी प्रावधान रहेको चर्चा गर्दे उपाध्यक्ष गौतमले भने, ‘केपी ओलीको असंवैधानिक कदम र कुशासनको बदलामा खडा भएको देउवा सरकारले जनआंकाक्षा विपरीतका,राष्ट्रिय हित प्रतिकूलका काम गर्न थाले माओवादी केन्द्रले समेत गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउने छ।’

यसका निम्ती संगठनले आन्तरिक र बाह्य खबरदारी जारी राख्ने उनले बताए।

सम्मेलनलाई सम्बोधन गर्दै माडी नगरपालिकाका मेयर ठाकुर ढकालले हिजो ओली सरकारको पालामा पनि प्रचण्डकै कारण एमसीसी पारित हुन रोकिएको बताउँदै फेरी पनि प्रचण्डलेनै राष्ट्रघाती एमसीसी पारित हुन नदिने बताए।

माओवादी केन्द्रका चितवन जिल्ला कार्यालय सदस्य आरसी अधिकारीले विकराल शैक्षिक समस्या हल गर्न अखिल (क्रान्तिकारी)ले अगुवाई गर्नुपर्ने बताए।

सम्मेलनलाई माओवादी केन्द्रका बागमति प्रदेश सदस्य ओबनाथ पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं बागमति प्रदेश समिति सह-संयोजक सुरजसिंह ठकुरी, चितवन जिल्ला इंचार्ज अशोक देवकोटा, सह-इंचार्ज बसन्त देवकोटा, चितवन जिल्ला संयोजक अविनाश रम्तेल लगायतले सम्बोधन गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्