गाँजालाई खुला गर्नुपर्छ भन्दै अभियान चलाउने पक्राउ

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ४३


काठमाडौं । नेपालमा गाँजालाई खुला गर्नुपर्छ भन्दै अभियान चलाउने राजीव काफ्ले पक्राउ परेका छन्।

बूढानीलकण्ठको हिपीहिल रेष्टुरेन्टका सञ्चालक समेत रहेका काफ्लेलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले पक्राउ गरेको हो।

उनको रेष्टुरेन्टमा गाँजा कारोबार हुने गरेको सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस्