पहिराले अवरुद्ध हेलम्बु राजमार्ग एकतर्फी सञ्चालन

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : ३६


सिन्धुपाल्चोक । लगातरको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ।

सोमबार बिहानबाट अवरुद्ध सडक दिउँसोबाट पहिरो पन्छाएर एकतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए।

हेबि ट्रक भने सञ्चालनमा समस्या हुन सक्ने राईले बताए। यसअघि मेलम्ची नगरपालिका–११, १२, १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित विभिन्न ठाँउमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो।

यता छाप, साँखु सडक भने अझै अवरुद्ध छ । यस्तै काउल, भोटेचौर सडक भने सञ्चालनमा आएको छ ।


प्रतिक्रिया दिनुहोस्