पीएसजीमाथि रोनाल्डोको टिप्पणीः कागजमा बलियो टोली देखिँदैमा च्याम्पियन्स लिग जितिदैँन

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : १३


बार्सिलोना र रियल मड्रिडजस्तो चर्चित क्लबबाट खेलिसकेका ब्राजिलका विश्वकप विजेता तथा आफ्नो समयका उत्कृष्ट स्ट्राइकर रोनाल्डो नाजेरियाले पीएसजीलाई लक्षित गर्दै टोलीमा राम्रो खेलाडी भएकै कारणले मात्र पनि च्याम्पियन्स लिग जित्न नसकिने बताएका छन्।

हाल पीएसजीमा लियोनल मेस्सी, नेमार जुनियर, केलिएन एमबाप्पे जस्ता उत्कृष्ट फरवार्ड छन्। त्यतिमात्र नभएर उत्कृष्ट मिडफिल्डर एन्जल डिमारिया तथा चर्चित डिफेन्डर सर्जिओ रामोस तथा गोल रक्षक केलोर नाभासजस्ता खेलाडी छन्।

यसबीचमा ला लिगा खेल्ने रियल भालाडोलिडका मालिकसमेत रहेका रोनाल्डोले कागजमा राम्रो खेलाडीको सूची हुँदैमा कुनै क्लबले च्याम्पियन्स लिग जित्न नसक्ने बताएका हुन्।

उनले डीएजेटएनसँगको अन्तर्वार्तामा भने,‘च्याम्पियन्स लिग यसैले जित्छ भनेर सुरुवातमै भविष्यवाणी गर्नु गल्ती हुनेछ। च्याम्पियन्स लिग जित्न धेरै कुराको तालमेल मिल्नुपर्छ। मैले पाँच वर्ष मड्रिडबाट खेले, मसँग उत्कृष्ट खेलाडी थिए तर मैले कहिल्यै त्यहाँ च्याम्पियन्स लिग जितिन।’

‘एउटा टोली उत्कृष्ट खेलडीले भरिएको छ भने पनि जित सुनिश्चित हुँदैन त्यो पीएसजीमा पनि लागू हुन्छ’ उनले भने। मार्का


प्रतिक्रिया दिनुहोस्