सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ५५


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन्।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन्।

दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए। शाह एमाले संसदीय दलका नेतासमेत हुन्।

माधवकुमार नेपाल समूहमा रहेका शाह र गहतराज एमालेमै रहेका छन्।

तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सातजना सरकारमा सहभागी थिए। तर, माधवकुमार नेपालले नेकपा ९एकीकृत समाजवादी० गठन गरेपछि दुईजनाले राजीनामा दिएका हुन्।

पाँचजनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन्।


प्रतिक्रिया दिनुहोस्