भुटानका राजकुमार सवार हुने विमानमा कमिला पसेपछि उडान नै स्थगित!

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ३८


भुटानका राजकुमार सोमबार दिल्लीबाट लन्डन जाँदै थिए। उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तयार रहेको एयर इन्डियाको विमानबाट लन्डन जानुपर्ने थियो।

तर राजकुमार जिग्मे नामगेल वाङचुक चढ्ने भनिएको एआई–१११ विमानको उडान स्थगित भयो। विमानको बिजनेस क्लासमा कमिला पसेपछि उडान रद्द गरेर अर्को विमानमा यात्रुहरूलाई सारिएको समाचार संस्था एएनाईले जनाएको छ।।

वास्तवमा विमानभित्र कमिलाको ताँती देखिएपछि यात्रुहरुको गुनासोको आधारमा उक्त विमानको उडान स्थगित गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्