सम्मेलन सकिएको १० दिनपछि वाईसिएलले छान्यो संयोजक र सहसंयोजक

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ५६


काठमाडौं । राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसिएल)ले संयोजक र सहसंयोजक चयन गरेको छ।

वाईसिएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन्।

हालै सम्पन्न वाईसिएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै नगरी सम्पन्न भएको थियो।

वाईसिएलको संयोजक र सहसंयोजक चयन गर्ने अधिकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।

वाईसिएलको दुई दिने राष्ट्रिय सम्मेलन १२ भदौमा उद्घाटन भएको थियो।


प्रतिक्रिया दिनुहोस्