थपिए १६७७ कोरोना संक्रमित, २१ जनाको मृत्यु

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ५२


काठमाडौं । नेपालमा आज एक हजार ६७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा दिन एक हजार ६७७ जनामा संक्रमण देखिएको हो।

सक्रिय संक्रमित ३० हजार ३०३ जना रहेका छन्। ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन्।

यस्तै संक्रमणबाट निको भई आज दुई हजार ७२ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख ३१ हजार जना निको भई घर फर्किएका हुन्। नेपालमा निको हुने दर ९४.७ प्रतिशत छ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा २१ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ८७९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा प्रतिदश लाखमा ३६६.७ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

यस्तै ५१४ जना सघन उपचार कक्ष (आईसीयू), १५४ जना भेन्टिलेटर, २८ हजार ३१४ जना होम आइसोलेसन, एक हजार ९८९ जना संस्थागत आइसोलेसन र २५८ जना क्वारेन्टिनमा छन्।

नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्