एससीसीको विरोध गर्दै अमेरिकी दुतावास पुगेका युवाहरु पक्राउ

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ३९


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरुद्धमा प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन।

एमसीसीको बिरोधमा उत्रेका हेमराज थापा सहितका युवाहरुलाई प्रहरीले महाराजगञ्ज स्थित अमेरिकी दुतावास अगाडीबाट पक्राउ गरेको छ।

थापासँगै बझङका बिद्यार्थी विप्लव खड्का,राप्रपाको भातृ संगठन युवक संगठनका नगेन्द्र देउजा लगायत आधा दर्जन युवाहरु पक्राउ परेका हुन् पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारको भ्रमण बिथोल्ने घोषणा गरेका युवाहरुले बिरोधका बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।

गएराती मात्रै अज्ञात समुहले बानेश्वरमा रहेको संसद भवन अगाडी टायर बालेर एमसीसी बिरुद्ध नारावाजी गरेका थिए।

सो घटनामा संलग्न भएकाहरुको प्रहरीले अहिले सम्म पहिचान गर्न सकेको छैन । उनिहरुको खोजी भैरहेकोे प्रहरीले जनाएको छ। फतिमा भने २४ गते मात्रै काठमाण्डौं आउने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस्