चितुवा र बिरालो इनारमा खसेपछि यस्तो भयो…(भिडिओ)

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : ४०


भारतको महाराष्ट्र राज्यमा चितुवा र बिरालोबीच भएको एउटा भिडन्त निकै भाइरल भएको छ। हिजो सोमबार मात्र नसिक भन्ने क्षेत्रमा बिरालो र चितुवाबीच जम्काभेट भएको थियो।

स्थानीयका अनुसार बिरालो र चितुवाबीच हेराहेर हुँदाहुँदै भिडन्त सुरु भएको थियो। जस कारण दुवै इनारमा खसे। इनारमा खसेपछि दुवैबीच धक्कामुक्की चलेका थियो।

चितुवा बिरालोमाथि गर्जिँदा बिरालो पनि रिसाएर कराएको थियो। वास्तवमा चितुवाले बिरालो पछ्याएपछि बिरालो र चितुवा दुवै इनारमा खसेका थिए।

(भिडिओ)

पश्चिम नसिक डिभिजनका उप–बन संरक्षक पंकज गार्गले एएनआईसँग भनेका छन्,‘बिरालोलाई पछ्याएपछि झगडा भयो र दुवै इनारमा खसे। अहिले दुवैलाई सुरक्षित रुपमा उद्धार गरिएको छ।’

भिडिओमा देखिएअनुसार एकैछिनको झगडा पछि बिरालो र चितुवा दुवै शान्त हुन्छन् जसकारण बिरालो र चितुवा कसैलाई केही क्षति हुँदैन।


प्रतिक्रिया दिनुहोस्