ओली समूहपछि नेपाली काँग्रेसले पनि बनायो साइबर सेना

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : २३


काठमाडौं । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै राजनीतिक दलहरुले सामाजिक सञ्जाल केन्द्रित भएर संगठन बनाउन थालेका छन।

केहि समयअघि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले ‘साइबर सेना’ र ‘आइटी आर्मी’ बनाएको जनाएको थियो।

यसैबीच, नेपाली काँग्रेसले पनि ओली समूहकै सिको गर्दै सामाजिक सञ्जाल केन्द्रित नयाँ संगठन बनाएको छ।

कांग्रेसको सूचना,संचार तथा प्रचार विभागले कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी वीन) गठन गरेको जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको सो समितिको बैठकले प्रविधीमैत्री कांग्रेसको लागि इन्जिनियर दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसी वीन गठन गरेको सचिव दिनेश थापा मगरले विज्ञप्ति मार्फत जनाएका छन्।

 

 

 


प्रतिक्रिया दिनुहोस्