अध्ययन भन्छः अमेरिका र बेलायतमा युट्युबभन्दा चिनियाँ टिकटक लोकप्रिय

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ३४


बेलायत र अमेरिकामा युट्युबभन्दा धेरै चिनियाँ एप्लिकेसन टिकटक लोकप्रिय रहेको देखिएको छ।

एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीले संकलन गरेको तथ्यांकअनुसार अमेरिका र बेलायतका मानिसहरुले युट्युबमाभन्दा टिकटकमा बढी समय खर्चिरहेका छन्।

गुगलको स्वामित्वमा रहेको युट्युबका अनुमानित दुई अर्ब मासिक प्रयोगकर्ता छन् भने टिकटकका सन् २०२० को मध्यसम्म ७० करोड प्रयोगकर्ता रहेका थिए।

एप एन्नीले एन्ड्रोइड फोनलाई मात्र आधार मानेर यस्तो तुलना गरेको हो। बेलायत र अमेरिकाले चीनका विभिन्न प्रविधिजन्य सामग्री तथा एपमा प्रतिबन्ध लगाउँदा पनि चिनियाँ टिकटकको लोकप्रियता घटेको छैन।

गतवर्ष अमेरिकाले टिकटकमाथि प्रतिबन्ध नै लगाएको थियो। भारतमा हाल पनि टिकटक प्रतिबन्धित छ। तर अमेरिकी प्रणालीअनुसार चल्ने भएपछि टिकटक यतिबेला अमेरिकामा पुनः चल्न थालेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्