नेपालले दुबै ओपनर गुमायो, आशिफले बनाए ३० रन

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ३०


काठमाडौं । पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको टार्गेट पाएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ रनमा दोस्रो विकेट गुमाएको हो।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको ३ रनमै अर्को विकेट गुमाएको हो।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो। २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे । यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए।

नेपालको चैथो ब्याटिङका रुपमा आरिफ शेख आएका छन्। यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो।

पिएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए । उनले ३८ बलमा सो रन बनाएका थिए।

यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन बनाए। चाड सोपरले १७ रन बनाउँदा विकेट किपर समेत रहेका किल्पिन डोरिगाले १४ रन बनाए भने सेसे बाउले १४ रन जोडेका थिए।

पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै कुशल मल्ल र डेब्यु खेलाडी बिक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने एक रन आउट भएका थिए।

१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चेका थिए। यस्तै डेब्यु गरेका तीव्र गतिका बलर बिक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडन सहित २ विकेट लिए। यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राखे। ७ ओभर बलिङ गरेका सोमपालले ३७ रन खर्चेर १ विकेट लिएका थिए।

यसअघि दोस्रो ओभरको पहिलो बलमै विक्रमले पिएनजीका सुरुवाती ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गरेका थिए।

पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन्।

नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, र करण केसीलाई आराम दिएको छ।

दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ।


प्रतिक्रिया दिनुहोस्