रसियामा आफ्नै बाबुको हत्या गरेका ३ दिदीबहिनीले पाउने भए सफाइ

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : २३


मस्क । रसियामा चार वर्षअघि बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनबिदहरुले आशा गरेका छन्।

हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरुले सफाइ पाउने सम्भावना बढेको छ।

५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरुले चक्कु प्रहार गरी हत्या गरेका थिए।

१९ बर्षीय क्रेष्टिना, १८ वर्षकी एन्जेलिना र १७ बर्षीय म्यारि खचतुरयानले आफ्ना निरंकुश बाबुको हत्या गरेको स्वीकारेका थिए। बारम्बार यौन दुव्र्यबहारको शिकार भएपछि उनीहरुले मिलेर बाबुको हत्या गरेका थिए।

अभियोगीमध्येकी कान्छी छोरी म्यारि सो हत्याकाण्डपछि मानसिक समस्याबाट पीडित छन्।

आफूहरुले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरुका कोही आफन्त थिएनन्।

अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरुमाथि लागेको हत्या अभियोग पनि खारेज हुनु पर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरुले माग गरेका छन्।

मिखाइलले छोरीहरुलाई बनाएर बारम्बार यौन दुव्र्यबहार गरेको र कर्तुतबारे कसैलाई भने हत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ।

‘बाबुले छोरीहरुमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारिका वकिलले बताए।

तीनै जना युवतीहरु सन् २०१४ देखि दुव्र्यबहार र पोस्ट ट्रउमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरुले बताएका छन्। दुराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिजाउने, धम्की दिने र शारीरिक तथा यौन दुव्र्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ।

उनीहरुका बाबु बाल दुराचारी भएको पोस्ट मार्टमको रिपोर्टमा पनि देखिएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्