नेप्सेमा फेरि उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : १७


काठमाडौं । विगत केहि दिनदेखि लगातार घट्दै आइरहेको सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से ४४.१८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६१ विन्दुमा बजार बन्द भएको छ।

आज कोरोबार रकममा पनि गिरावट आएको छ। यस दिन नेप्सेमा ७ अर्ब ४९ करोड ५८ लाख बराबरको कारोबार भयो।

आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन्।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समूहको सेयर मूल्य ओरालो लागेको छ। समूहको सेयर मूल्य आज २.९९ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै कमाउनेमा सानीमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। कम्पनी १० प्रतिशतले फाइदामा गएको छ।

त्यस्तै, आज सबैभन्दा बढी घाटा व्यहोर्नेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्।

यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी

यसअघि हिजो नेप्सेमा १६३ अंकको वृद्धि भएर कारोबार बन्द भएको थियो।


प्रतिक्रिया दिनुहोस्