भारतीय नेतृ मायावतीको प्रश्नः पूर्वज एक भए मुसलमानलाई भाजपा किन हेप्छ?

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : १०


उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री तथा बहुजन समाज पार्टी बीएसपीकी प्रमुख मायावतीले सत्ताधारी दल भारतीय जनता पार्टीलाई निशाना साँधेकी छिन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको दल मुस्लिम विरोधी दल भएको बताएकी हुन्।

मंगलबार लखनउमा बीएसपीको प्रबुद्ध बर्ग विचार कार्यक्रममा अध्यक्ष मायावतीले हालै भाजपाको हिन्दुवादी गठबन्धन आरएसएस प्रमुख मोहन भागवतले दिएको बयानमाथि टिप्पणी गरिन्। भागवतले हिन्दु र मुसलमानको पूर्वज एकै वंशको भएको बताएका थिए।

मायावती प्रश्न गर्छिन्,‘आरएसएस प्रमुखले भन्छन् कि हिन्दु र मुसलमानका पूर्वज एकै हो। हिन्दु र मुसलमानको पूर्वज एकै भए भाजपा मुसलमानमाथि किन सौतेनी रबैया अपनाउँछ?’

उनले मुसलमान समुदायलाई भेदभाव गर्नुमा भारतका समाजवादी पार्टी र काँग्रेस पनि हिस्सेदार भएको आरोप लगाइन्। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्