तलाउमा फोटो खिच्न उडाइएको ड्रोन खायो गोहीले, धुवाँ उड्यो (भिडिओ)

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ३९


अमेरिकाको फ्लोरिडामा एउटा तलाउमा फोटो खिच्न उडाइएको ड्रोनलाई गोहीलाई खाईदिएको छ।

बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलका कार्यकारी अधिकृत सुन्दर पिचाईले ट्विटरमा राखिएको यस भिडिओ रिट्विट गरेपछि भने यो भिडिओ निकै भाइरल भएको छ।

हाल यस भिडिओ फेसबुक र युट्युजस्ता सामाजिक सन्जालमा पनि पोस्ट भएका छन्।

(भिडिओ)

भिडिओमा देखिएअनुसार तलाउमा भएको गोहीले पानीभन्दा केही माथि उडिरहेको ड्रोनलाई झम्टेर निल्छ। जब गोहीले ड्रोन निल्छ तब धुवाँ उडेको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्