अफगानिस्तानबाट आतंकवाद भारतको कस्मिरसम्म फैलिन सक्छ: रुसी राजदूत

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ५५


अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि भारतका लागि रुसी राजदूत निकोलाय कुदासेभले रुस र भारतको चीन्ता अफगानिस्तानको जमिन आतंकवादी गतिविधिको लागि प्रयोग नहोस् भन्ने रहेको बताएका छन्।

उनका अनुसार अफगानिस्तानको स्थितीलाई लिएर रुस र भारतको विचारमा अधिक अन्तर छैन। रुसी क्षेत्रसँगै भारतको कस्मिरसम्म अफगानिस्तानबाट आतंकवाद फैलिनसक्ने चिन्ता रुस र भारतकै रहेको उनको भनाइ छ।

समाचार संस्था पीटीआईसँगको कुराकानीमा उनले अफगानिस्तानमा बन्ने तालिबान सरकारलाई मान्यता दिन हतार हुनेछ। उनले भने कि तालिबान शासनद्वारा गरिएको कामको आधारमा उनीहरुलाई मान्यता प्राप्त हुनेछ।

अफगानिस्तानले उसको भूमि आतंकवादको प्रयोजनको लागि प्रयोग गर्न दिन नहुनेमा रुसको जोड रहेको छ। रुसले अफगानिस्तानमा समावेशी सरकार देख्न चाहेको उल्लेख गर्दै राजदूत कुदासेभले सुरक्षा र स्थिरताको पूर्वानुमान सुनिश्चित गर्ने सरकारको खाँचो भएको बताए।

रुस र भारत अफगानिस्तानको स्थिरताको लागि मिलेर काम गर्न इच्छुक भएको पनि उनको भनाइ छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्