पन्जसिरका लडाकुविरुद्ध तालिबानलाई पाकिस्तानले साथ दिएको आरोप

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : ३९


हाल पन्जसिर उपत्यका आफ्नो कब्जामा आइसकेको तालिबानले बताएको छ। यसबीचमा पन्जसिरमा त्यहाँका लडाकुविरुद्ध तालिबानलाई पाकिस्तानले साथ दिएको आरोप लागेको छ।

पाकिस्तानले ड्रोन आक्रमण गर्न सहयोग गरेकै कारण पन्जसिरका लडाकु तालिबानसँग हारेको आरोप लागेपछि पाकिस्तानले प्रतिक्रिया जनाउँदै आरोपहरु निराधार भएको बताएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भनेका छन्,‘अफगानिस्तानमा जे भइरहेको छ त्योसँग पाकिस्तानको कुनै सम्बन्ध छैन, चाहे पन्जसिर होस् या अन्त कतै।’ एजेन्सी


प्रतिक्रिया दिनुहोस्