‘बुद्धिष्ट बिन लादेन’ नामले परिचित म्यान्मारका भिक्षु सेनाद्वारा रिहा, मुस्लिमविरुद्ध कट्टर छन् उनी

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : १८


म्यान्मारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु असिन बिराथुलाई रिहा गरिदिएको छ। विराथु राष्ट्रवादी र मुस्लिम विरोधी पहिचानका कारण चर्चामा छन्।

यसअघि लोकतान्त्रिक सरकार हुँदा उनलाई राजद्रोहको मुद्दामा जेल हालिएको थियो। फेब्रुअरी १ मा सेनाले कू गरेपछि त्यहाँ यतिबेला सेनाको सरकार छ।

बिराथु सैन्य विचारधारालाई समर्थन गर्ने गरेका कारण रिहा भएको बताइएको छ। मुसलमान विशेषगरी रोहिन्ज्या समुदायलाई निशाना बनाएर भाषण गर्ने गरेका कारण उनलाई ‘बुद्धिष्ट बिन लादने’ भनेर चिन्ने गरिन्छ।

लादेन ती व्यक्ति हुन् जसले अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ दिन आतंकवादी आक्रमण गरेका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस्