नेपालले बलिङ गर्दै, ३ खेलाडीको डेब्यू

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : ४४


काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।

आजको खेलमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल तथा तिब्र गतिका बलर बिक्रम सोबले एकदिवसीय खेलमा डेब्यु गर्ने भएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।

प्लेइङ्ग ११

ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल भुर्तेल, सरद भेषावकर, रोहित पौडेल, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, पवन सर्राफ, सन्दीप लामिछाने र बिक्रम सोब


प्रतिक्रिया दिनुहोस्