सरकारले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी, यी हुन आज पुरस्कृत हुने कर्मचारी(सूचीसहित)

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ५८


काठमाडौं । आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ । तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन । कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार पाँचौ वर्ष हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन ।सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ । गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन ।

मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गरेको हो । समितिमा संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय र नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव र अवकाशप्राप्त पूर्वमुख्यसचिव हुन्छन् ।

यी हुन आज पुरस्कृत हुने कर्मचारी


प्रतिक्रिया दिनुहोस्