काठमाडौंमा फेरि सुरु भयो वर्षा

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ३१


काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ।

आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो।

सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुनःवर्षा हुन थालेको छ।

उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम मंगलबारसम्म प्रतिकूल रहने महाशाखाको पूर्वानुमान छ। आज राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्