दार्चुला तुइन प्रकरण : सरकारले भारतलाई पठायो ‘कुटनीतिक नोट’

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : २०


काठमाडौं । दार्चुला स्थित महाकाली नदीमा तुइन काँटिदा बेपत्ता रहेका जयसिंह धामीको सम्बन्धमा सरकारले भारतलाई ‘कुटनीतिक नोट’ पठाएको छ।

परराष्ट्र मन्त्रालय मार्फत सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ।

दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकारले भारत सरकारलाई ‘कुटनीतिक नोट’ पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन।

साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सशष्त्र प्रहरी बल (एसएसबी)का जवानले तुइन खुस्काइदिएपछि महाकालीमा खसेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएका थिए।

सो घटनाबारे छानबिनका लागि गृहमन्त्रालयद्वारा गठित सरकारी टोलीको प्रतिवेदनले पनि एसएसबीकै उपस्थितीमा सो घटना भएको बताएको छ।

 


प्रतिक्रिया दिनुहोस्